भगवती हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

 

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १४ लाख ३० हजार १ सय ६२ कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

यसैक्रममा आईपीओ निष्काशनका लागि मंसिर २० गते कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएको हो।

footwear zone

कम्पनीले १०० अंकित दरमा १६ रुपियाँ प्रिमियम रकम थप आईपीओ निष्काशन गर्न अनुमति मागेको छ।

आईपीओ निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

You might also like

Comments are closed.