सहकारी आन्दोलन उत्पादनसँग दाँजिएर उभिन जरुरी : पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी क्षेत्रले उत्पादनसँग दाँजिएर उभिन जरुरी रहेको बताएका छन् ।

नेकपा (एमाले) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आज आयोजित वाग्मती प्रदेशस्तरीय बृहत् सहकारीकर्मी भेलामा उनले सहकारी क्षेत्रमा सकारात्मक ढङ्गले नियमनको आवश्यकता, सहकारीमार्फत कृषि क्षेत्रको उत्पादनमा वृद्धि तथा सहकारीमा बीमा व्यवस्था सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

उनले आसन्न निवार्चनपश्चात् सहकारी क्षेत्रमा विस्तृत छलफल आवश्यक रहेको बताए । कार्यक्रममा सहकारी तथा गरिबी निवारण विभागकी प्रमुख कोमल चौलागाईंले निजी क्षेत्र र सरकारीबीच साझेदारी गर्न आवश्यक रहेको बताइन्।

You might also like

Comments are closed.