अनुप पन्तः आइटी पढेर आइटी व्यवसायमा

पोखरा । आइटी अध्ययन गरेका पोखराका युवा व्यवसायी अनुप पन्त आइटी व्यवसायमा आबद्ध भएका छन् । परम्परागत व्यवसायलाई आधुनिक शैलीमा सञ्चालन गर्नुपर्छ भन्ने सोचका साथ उनले पोखरामा आइ.टि. गार्डेन प्रा.लि. सञ्चालनमा ल्याएका छन् ।

सूचना तथा प्रविधि, सेक्युरिटी र अटोमेसनसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यसहित आइ.टि. गार्डेन सञ्चालनमा ल्याइएको पन्तले जानकारी दिए । पोखरा महानगरपालिको कार्यालय अगाडि अनुपम मार्ग (गुरुकुल स्कुल जाने बाटो) मा रहेको पसलको बुधबार उद्घाटन गरिएको छ ।

नागार्जुना कलेज अफ आइटी काठमाडौंबाट बिएससि सिएसआइटी अध्ययन पुरा गरेका पन्तले पोखरा तथा आसपासका क्षेत्रमा सेक्युरिटी सिस्टम र अटोमेसनलाई प्राथमिकतामा राखेर सेवा सुरु गरेका हुन् । ‘सफ्टवयर वेवसाइटदेखि आइसिटी एसेसरिजहरुको सम्पूर्ण सेवा यहाँबाट उपलब्ध गराउछौं,’ पन्तले भने, ‘ल्यापटप, कम्प्युटर, ट्याव, प्रिन्टर लगायतका सामान सुपथ मूल्यमा बिक्री गर्नेछौं ।’

footwear zone

सेक्युरिटी सिस्टम अन्तर्गत सिसी क्यामरा, आलराम सिस्टम, बायोमेट्रिक एटेन्डेन्स सिस्टम लगायत सुरक्षासँग सम्बन्धित सम्पूर्ण काम गरिने पन्तले जानकारी दिए । अटोमेसन सिस्टम अन्तर्गत रिमोट कन्ट्रोल सिस्टम गेट, ढोका, झ्याल, एक्सेस कन्ट्रोल लगायतको सेवा उपलब्ध हुनेछ । ‘स्मार्ट होम एण्ड स्मार्ट अफिसका लागि हामीले सेवा प्रदान गर्नेछौं,’ उनले भने, ‘मल्टिप्लक, झ्याल ढोका सबै मोबाइलबाटै सञ्चालन गर्न सकिने सिस्टम हामीसँग छ ।’

पोखरा तथा आसपासका क्षेत्रलाई लक्षित गरी आइ.टि. गार्डेन सञ्चालनमा ल्याइने पन्तले बताए । ‘एकै ठाउँबाट आइटीसँग सम्बन्धित सम्पूर्ण सेवा हामीले प्रदान गर्नेछौं,’ उनले भने ।

You might also like

Comments are closed.