ठुलोमात्रामा अवैध जडिवुटी सहित पाँच जना पक्राउ, अनुमानित मूल्य १९ लाख ३२ हजार

जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले ठूलो मात्रामा अवैध जडिबुटी सहित पाँच जनालाई पक्राउ गरेको छ ।
कार्तिक १५ गते मनाङबाट ग १ ज ७४५३ नम्वरको पिकअप बोलेरो जिपमा अवैध रुपमा जडिबुटी ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले खोजलतास गर्दै जाँदा पत्ता लगाएको हो ।

बेसीशहर नगरपालिका ८ नारायणस्थान स्थित मनाङ तर्फबाट आउँदै गरेको ३१बर्षीय कर्ण गुरुङले चलाएको उक्त जिपलाई खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा अवैध जडिबुटी प्रहरीले फेला पारेको हो ।

जीपमा जटामसी१६ किलोग्राम, बुकीफुल १२४ किलोग्राम, धुपिपात ५३ किलोग्राम, सुनपाती ९ किलोग्राम, भोजपत्र १३ किलोग्राम गरी जम्मा २१५ किलोग्राम जडिबुटी रहेको प्रहरीले जनाएको छ । जिप सहित चालक कर्ण गुरुङ, जिपमा सवार जडिबुटी ओसारपसार गर्ने कार्यमा संलग्न मनाङ नार्फु गाउँपालिका २ का ४५ बर्षीय लाम्पा छिरिङ लामा र नेस्याङ गाउँपालिका ३ बस्ने वर्ष २९ की पल्मु लामालाई प्रहरीले पक्राउ गरेको छ ।

footwear zone

साथै विशेष सूचनाको आधारमा बेसीशहर नगरपालिका ८ बस्ने ४४ बर्षीया शान्ता कुमारी तामाङको घर खानतलासी गर्दा लुकाई छीपाई राखेको अवस्थामा प्रतिवन्धित जडिबुटी पाचँऔले ८ किलोग्राम बरामद गरिएको र ऐ।ऐ। बस्ने वर्ष ४६ को मिन बहादुर तामाङको घर खानतलासी गर्दा अवैध जडिबुटी पाचँऔले ३.५ किलोग्राम, निरमसी ५३ किलोग्राम, मजिठो १४ किलोग्राम, पिप्ला(२४१ किलोग्राम, सतुवा ८.५ किलोग्राम, जटामसी २.५ किलोग्राम, ढालिङ १०६ किलोग्राम, कुड्की ५४ किलोग्राम गरी जम्मा ४८२.५ किलोग्राम फेला पारी शान्ता कुमारी तामाङ र मिन बहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सम्पूर्ण व्यक्ति तथा बरामद भई आएका जडिबुटी आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए । उक्त बरामद भई आएको जडिबुटीको अनुमानित बजार मुल्य रू। १९,३२,२९०(अक्षरूपी उन्नाईस लाख बत्तिस हजार दुई सय नब्बे) रहेको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको छ ।

You might also like

Comments are closed.