जलविद्युत् प्रवर्द्धनका लागि भारतीय लगानीकर्तालाई आह्वान

'ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत् महत्वपूर्ण'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युतको क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्द्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् ।

तीनदिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योगलगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै गरेको अवस्थामा विद्युतीय ऊर्जाको माग बढी रहेको बताए । ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहकार्यमार्फत दुवै देशले सामूहिक लाभ लिन सक्ने जनाउँदै उनले ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत् महत्वपूर्ण हुने बताए।

footwear zone

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत गत अप्रिलमा सहमति भएको उल्लेख गर्दै उनले सोही आधारमा दीर्घकालीन रुपमा जलविद्युत्को विकास गरिने बताए । नयाँ प्रसारण लाइनमार्फत अन्दरदेशीय प्रशारण लाइनको सवलीकरण गरिएको र यसबाट दुई देशबीचको ऊर्जा व्यापारको सम्भावना थप विस्तार भएको उनले बताए।

“नेपालबाट ३६० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ, यसलाई दीर्घकालीन रुपमा विस्तार गर्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “नेपाल–भारतबीच भएको पछिल्लो समझदारीका आधारमा बंगलादेश, भूटान, भारत र नेपाल सम्मिलित (बिबिआइएन) मार्फत क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रसस्त भएको छ ।”

You might also like

Comments are closed.