जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा श्रेष्ठ, सिइओमा योगी

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरामा प्रधान कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र दाङमा प्रधान कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड आजबाट मर्जर भएका छन् ।

मर्जरसँगै बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अध्यक्षमा साविकको जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । आज पोखरामा एक कार्यक्रमका बीच संयुक्त कारोबार सुरु हुँदैछ ।

footwear zone

वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी विमला योगीले प्राप्त गरेकी छन् । उनी साविक महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिइन् ।

You might also like

Comments are closed.