काठमाडौं । उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधरणसभा एवं राष्ट्रिय महाधिवेसनमा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलिमिया मुस्लिम समुदायबाट केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा उत्रिएका छन् । यस समुदायबाट चुनावी मैदाएमा आएका उनी एक मात्र उम्मेदवार हुन् ।
उनी बिगत २०६२ सालदेखि लगातार एक कार्यकाल बाहेक संघकोअध्यक्ष रही उद्योगी व्यापारीहरुको हकहितमा कार्य गर्दै आइरहेका छन् । यसै चुनावमा उद्योग वाणिज्य महासंंघको इतिहासमा पहिलो पटक युवा उद्यमी जमशेर अलिमिया मुस्लिम समुदायबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुन् । उनी लुम्बिनी प्रदेशबाट (प्रदेश ५) केन्द्रीय सदस्यको लागि चुनवी मैदानमा छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकारबीच नङ र मासुको सम्बन्ध रहेको उनले बताए । उद्योगीहरुले देशको अर्थतन्त्र सुधार्न विभिन्न माग तथा प्रस्तावहरु सरकार समक्ष पुर्याउने र त्यसलाई सही रुपमा कार्यान्वयन गराउन तत्परता देखाउने एवं नीति नियम बनाई त्यसलाई नियमन गराउने कार्य सरकारको रहेको र आपूले पहल गर्ने उनको भनाइ छ ।

विपतको समयमा उनले नेतृत्व गरेको चन्द्रोटा उद्योग वाणिज्य संघले महासंघको निर्देशन बमोजिम राहत कोष खडा गरि सुरक्षा, स्वास्थ्य र मिडियाकर्मीहरुका लागि तथ फ्रन्टलाइनमा बसेर काम गर्नका लागि विशेष काम गरेको उनले बताए । गरिबहरु भोकै नमरुन भनी राहतको प्याकेज ल्याइ १ हजार ६ सय गरिब घर परिवारलाई राहत बितरण गरेको उनले जानकारी दिए ।
ठाउँ हेरेर उद्योग संचालन गर्नुपर्ने उनको भनाइ छ । ‘जस्तो कि गलैचाँ उद्योग पहाडमा खोल्न सकिन्छ,, जहाँ चुनढुङ्गा उत्खनन् हुन्छ त्यहाँ क्रशर उद्योग खोल्न सकिन्छ । सस्तोमा गिटी उत्पादन हुन्छ किनभने त्यो त वेस्टेज जाने ढुङ्गाहरु हो,’ उनले भने । यसका लागि नेपाल सरकारले खुकुलो नीति ल्याएर नेपाल सरकारले प्राइभेट सेक्टरसँग पाटनरसीपमा काम गर्नुपर्ने उनको तर्क छ ।गोरखकाली टायर उद्योग, भृकुटी कागत कारखाना, बिराटनगर जुट मिल जस्ता उद्योगहरु संचालन गर्न सरकारले ध्यान दिनुपर्ने उनले भनाइ छ ।
४९ वर्षीय युवा उद्यमी जमशेर अलिमिया अटल सिमेन्ट प्रा.लि.का अध्यक्ष हुन् । जुन कृष्णनगर कपिलवस्तुमा छ । उनी लोकप्रिय ग्रुपको अध्यक्ष समेत रहेका छन् । जस अन्तर्गत पेट्रोलपम्प, हार्डवेयर, इटाउउद्योग, टायर तथा भिनीयरको व्यापार बिगत ४० jर्षदेखि गर्दै आइरहको छ । यसको साथसाथै नेपाल प्रजातान्त्रिक महासँघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष, साँग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सदस्य, बुद्ध टेलिभिजन बुटवलको संस्थापक सदस्य ,सनराइज बोडिङ स्कुल चन्द्रौटाको संस्थापक शेयर सदस्य ,समानता एफ.एम.,भ्वाइस एफ.एम. बाणगंगा एफ.एम. अरनिको बचत तथा ऋण सहकारी संस्था एवं संजीवनी सामुदायिक अस्पताल कपिलबस्तुको संस्थापक हुन् ।




Comments are closed.