जनकपुरधाम उपमहानगरपालिकाद्वारा एक अर्ब ८० करोड ७१ लाखको बजेट प्रस्तुत

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको छ । आजदेखि सुरु भएको आठौँ नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले चालु खर्चतर्फ रु एक अर्ब सात करोड ४१ लाख २७ हजार र पूँजीगत खर्चतर्फ रु ७३ करोड ३० लाख १८ हजार बजेट प्रस्तुत गरिन् ।

जसमा आर्थिक विकास समिततर्फ रु चार करोड ५६ लाख, सामाजिक विकासतर्फ रु ६७ करोड ४२ लाख, पूर्वाधार विकासतर्फ रु ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन विकासतर्फ रु पाँच करोड र सुशासन तथा संस्थागत विकास समितितर्फ रु ४९ करोड ७१ लाख अनुमानित बजेट विनियोजन गरेको उपप्रमुख साहले जानकारी दिइन् ।

कोरोनाको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाई महामारीबाट जनजीवनलाई सामान्य अवस्थामा पु¥याउने, नगरको भौतिक पूर्वाधारको विकासलाई गति प्रदान गर्ने, आम नगरवासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षामार्फत विभेदमुक्त समाज निर्माण गर्ने उद्देश्य बजेटको रहेको उपप्रमुख साहले बताइन् ।

footwear zone

यस्तै नगरसभामा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी आर्थिक वर्षमा फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवद्र्धन, शिक्षा युवा तथा खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, पूर्वधार तथा सहरी सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रर्वद्धन लगायतलाई प्राथमिता दिएको बताए ।

You might also like

Comments are closed.