अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए ।

शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले शर्मालाई नै दोषी ठहर गर्न सकेको थिएन । शर्माले आजै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ ।

 

You might also like

Comments are closed.