जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा दावी रकम हस्तान्तरण

 

रुपन्देही । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । ओमसतीया गाउँपालिका वडा नं. १, पडसरी रुपन्देहीस्थित शाखा कार्यालयमा आबद्ध (केन्द्र नं. ९४) आशिर्वाद बैकिङ समुदायकी सदस्य स्व. गीता गुरुङको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात श्रीमान रवीन्द्र कुमार थापालाई बीमा दाबी रकम हस्तान्तरण गरिएको हो । बुधबार संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले मृतक सदस्यको श्रीमान थापालाई नगद हस्तान्तरण गरेका हुन् ।

बीमा दाबीबाट १ लाख १० हजार रुपैयाँ प्राप्त भएकोमा नीजले उपभोग गरेको कर्जा मध्य बाँकी कर्जा रकम ६३ हजार ८ सय २६ रुपैयाँ कट्टा गरी बाँकी नगद रकम ४६ हजार १ सय ७४ रुपैयाँ हस्तान्तरण गरिएको हो । गीताको भदौ १० गते ४७ वर्षको उमेरमा मृत्यु भएको थियो उनी संस्थामा २०७६÷०३÷१७ गतेबाट आबद्ध भइ बचत तथा कर्जा कारोबारमा संलग्न रहेकी थिइन् । २०७७÷०५÷२५ गते एक लाख रुपैयाँ कर्जा उपभोग गरेकी थिइन् ।

footwear zone

संस्थाले आफ्ना सदस्यहरुको हित तथा संरक्षण गर्नका लागी सदस्यहरुलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनुरुप विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाका कर्जा विभाग विभाग प्रमुख भरत कुमार रसाली, बुटवल बेश अनुगमन अधिकृत टोप बहादुर सुनार, शाखा प्रमुख गीता रायमाझी, कर्मचारी दीपेन्द्र रसाइली, तारापति पौडेल र बैंकिङ समुदायका सदस्यहरुको उपस्थिति थियो ।

 

You might also like

Comments are closed.