जनउत्थानको १५.७५९८ प्रतिशत लाभांश पारित

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९ मा आइतवारसम्पन्न भएको छ ।

वार्षिक साधारणसभाको औपचारिक उद्घाटन गर्दै संस्थाका नेपाल सरकारका पूर्व सचिव तथा संस्थापक अध्यक्ष डा। मान बहादुर विकेले साधारण सभा सम्पन्नताको शुभकामना दिँदै हाल बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या तथा चुनौतीलाई समाधान गर्नका लागि दीर्घकालिन रणनीति निर्माण गरि आगामी दिनमा सामुदायिक बैंकिङको धारणालाई अवलम्बन गर्ने गरि सञ्चालन गर्नुपर्ने बताएका थिए ।

उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७८/०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजी रू। १४ करोड ७९ लाख ६ हजार को शून्य दशमलव ७८९५ प्रतिशतले हुन आउने रकम रू। ११ लाख ६७ हजार ६७९ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १५ प्रतिशतले हुने रकम रू.२ करोड २१ लाख ८५ हजार ९०० बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने, संस्थाको अधिकृत पूँजी रू. २५ करोडबाट वृद्धि गरी रू. ५० करोड पु¥याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रियस्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ती/समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्वपूर्ण निर्णय पारित भएको छ ।

footwear zone

सञ्चालक समितिका अध्यक्ष वि.कले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा देखा परेको चूनौतीको समाधानका लागि दीर्घकालिन रणनीति तथा योजना निमार्णमा सदस्यहरुकोगुनासोको उचित व्यवस्थापन गर्ने गरि वित्तीय संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महशुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.