जापानको मुद्रास्फीति दर ४१ वर्षकै उच्च

काठमाडौं । जापानको मुद्रास्फीति दर ४१ वर्षपछि उच्च विन्दुमा पुगेको छ। बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ।

उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ। जीवनयापनको बढ्दो लागत कम गर्न ब्याजदर बढाउन केन्द्रीय बैंकलाई दबाब परेको छ। खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याजदर नबढाउने घोषणा गरेर बैंक अफ जापानले लगानीकर्ताहरूलाई चकित पारेको छ ।

केही समयदेखि उपभोक्ता मूल्य भन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ। शुक्रबार जारी गरिएको आधिकारिक तथ्यांकअनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको छ।

footwear zone

बजार मूल्य लगातार नवौंँ महिनामा बढेको छ, जुन केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ। मूल्यवृद्धि पछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशको सूचीबाट बाहिरिएको छैन्।

You might also like

Comments are closed.