काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखिडान गरिरहेको जजिरा एयरवेजले अब कुबेतका लागि दैनिक उडान गर्ने भएको छ। एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन उडान गर्न लागेको हो।
जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। जजिराको जहाज एक सय ७४ यात्रु क्षमता भएको हो।
अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।चाडपर्व नजिकिदै गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्।

रोजगारीमा गएकाहरू दशैं तिहारमा घर फर्कन्छन्, त्यसकारण पनि त्यो समयलाई लक्षित गरेर दैनिक उडान थपिएको छु उनले भनिन्। वीज एयर, एयर अरेबिया पनि दशैं अघिदेखि नै भैरहवाबाट उडान सुरू गर्ने तयारीमा छन्।




Comments are closed.