गोकर्णमा ज्योति विकास बैंकको नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंकले बिहीवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको छ ।

ग्राहक समक्ष बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल र बैंकका संचालक रामकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

सो अवसरमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि रिसालले बैंकको शाखाले सो क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने बताए ।

footwear zone

बैंकका संचालक श्रेष्ठले नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनहरुमा अझ सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसका साथै, बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकहरुको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ सेवा प्रदान गर्न अग्रसर रहेको बताए ।

You might also like

Comments are closed.