कैलाली । कैलालीको टीकापुरमा २१ वर्षपछि नेपाल जेसिजको क्षेत्र ‘घ’ सम्मेलन शुक्रबारदेखि हुने भएको छ । सम्मेलनमा देशभरिबाट १८ देखि ४० वर्ष उमेर समूहका एक हजार युवा सहभागी हुनेछन् ।
सम्मेलनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका ३३ जिल्लाका ५५ वटा जेसिजका शाखा अनिवार्यरुपमा सहभागी हुनेछन् । यसका साथै अन्य देशभरिका शाखाका प्रतिनिधि सहभागी हुने बताइएको छ ।
दुईदिने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मेलनका निर्देशक नवराज रावलले आज पत्रकार सम्मेलन गरी जानकारी गराए । “सम्मेलनको तयारी पूरा भएको छ, जेसिज साथीलाई स्वागत गर्न आतुर छौँ”, निर्देशक रावलले भने।

यस क्षेत्रको प्रचारप्रसार तथा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको सम्मेलनमा देशभरिबाट १८ देखि ४० वर्ष उमेर समूहका करिब एक हजार युवा सहभागी हुनेछन् ।




Comments are closed.