पोखरा । कोरोनाको यस महामारीको समयमाकोभिड १९ संक्रमित बिरामीहरुको लागि पोखरा जेसिजले निःशुल्क एम्बुलेन्स सेवाप्रदानगर्दै आइरहेको छ । हाम्रो समाजहाम्रो अभिभारा भन्ने नारालाई आत्मसाथगर्दै सञ्चालित उक्त कार्यमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको साथ र सहयोग रहेको छ । पोखरा जेसिजले इमर्जेन्सी टाक्सफोर्स खडा गरी उक्त सेवादिदै आइरहेको छ । मिनराज खड्काको संयोजकत्वमा सञ्चालित ७ सदस्यीय टाक्सफोर्समा सदस्यहरु गणेश गिरी, अनन्त प्रधानङ्ग, शक्तिबरुवाल, प्रकाश घिमिरे, सुुमन पहारी र बिनु श्रेष्ठ रहेका छन् ।
यस विषम् परिस्थितिमा निशुल्क एम्बुलेन्स सञ्चालनका लागि पोखरा जेसिजका सदस्यहरुबाट आन्तरिक सहयोग संकलन गरी उक्त सेवा सुचारु गरिएको थियो । यो सेवाबाट हाल सम्म २०० भन्दा बढी कोभिड १९ का बिरामीहरुले लाभ लिइसकेका छन् । २०७८ जेष्ठ ७ गते पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि सीद्वारा उद्घाटन गरी सुचारु गरिएको उक्त कार्यक्रमलाई सार्थक बनाउन फोर्स मोटर हिमालयन कन्टिनेन्टलका संयोजक ध्रुव थापा बाट एम्बुलेन्सका लागि गाडी प्रदान भएको थियो ।
मानवताको सेवाजीवनको सर्वोत्तमकार्य हो भन्ने आस्थाबोकेर अगाडी बढेको संस्थाजेसिजले यो प्रतिकुल समयमापनि मानवीयताको ख्याल राख्दै सेवागर्ने अभियानलाई थपतीव्रता र प्रभावकारीताका साथ अगाडी बढाउने, पोखरा जेसिजवर्ष २०२१ काअध्यक्ष किरण के स ले जानकारी दिए ।

पोखरा जेसिजले कोभिड १९ को महामारी सुरु भएयता गत वर्षदेखि हालसम्मविभिन्न उद्धार तथा राहत कार्यक्रमहरु गर्दैआइरहेको छ । महामारीको यस अवस्थामा समाजप्रतिको उत्तरदायित्वलाई बहनगर्दै जेसिजले विभिन्न समयमा राहत सामाग्री वितरण, स्वास्थ्य सामाग्रीवितरण,रक्तदान कार्यक्रम जस्ता विभिन्नकार्यक्रमहरु सञ्चालनगर्दै आइरहेको छ । महामारीको यस घडीमा आगामीदिनहरुमापनि यस्ता कार्यक्रमहरु सञ्चालनगर्दै जाने पोखरा जेसिजको योजनारहेको पोखरा जेसिजका सञ्चार प्रवक्ता बिजय बरालले जानकारी दिए ।





Comments are closed.