पोखरा । पोखरा जेसिजको बर्ष २०२१ को नयाँ कार्यसमिति को पदस्थापना शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०२० का अध्यक्ष शिव प्रसाद सापकोटाले बर्ष २०२१ का अध्यक्ष किरण केसिलाई पद हस्तान्तरण गरेका थिए ।
नेपाल जेसिजका बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसि सिनेटर अरूनेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता बर्ष २०२० का जेसिआई पोखराका अध्यक्ष जेसि शिवप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर रबिन्द्र गुरूङ, ४८ औं राष्ट्रिय महाधिवेशन का निर्देशक तथा पोखरा जेसिजका पुर्व अध्यक्ष जेसिआई सिनेटर नारायण शर्मा, पोखरा जेसिजका पुर्व अध्यक्षहरू, लायन्सकर्मि धुर्व बहादुर थापा, पोखरा लेडि जेसिज, लेखनाथ जेसिज लगायत छिमेकी शाखाहरूका पदाधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष अरूनेश्वर खनालले युवाहरू को नेतृत्व र व्यक्तित्व विकास गरि समाजको असल र जिम्मेवार नागरिक बनाउनु नै जेसिजको उदेश्य रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै बर्ष २०२१ युवाहरू लाई लक्षित गरि रचनात्मक र सृजनात्मक कार्यक्रमहरूमा बढी जोड दिने उनले बताए । साथै उनले नेपाल जेसिजको २०२१ मा पोखरामा गर्ने राष्ट्रिय महाधिवेशन बिगतका बर्षहरूको भन्दा उत्कृष्ट र सम्झन लायक रहने बिश्वास ब्यक्त गरे ।

कार्यक्रमलाई बिशिष्ट अतिथि लायनकर्मि धुर्व बहादुर थापा, नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर रबिन्द्र गुरूङ, क्षेत्र ख का निरूपित कार्यकारिणी उपाध्यक्ष, अधिबेशन निर्देशक जेसिआई सिनेटर नारायण शर्मा, बर्ष २०२० का पोखरा जेसिजका अध्यक्ष शिब प्रसाद सापकोटा लगायतले बोलेका थिए । उक्त कार्यक्रममा बर्ष २०२१ का पोखरा जेसिजका अध्यक्ष किरण केसिले प्रतिबद्धता मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बर्ष २०२१ का महासचिव भाईराज रानाले गगरेका थिए ।




Comments are closed.