जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल

काठमाडौं । जीवन बीमक संघको अध्यक्षमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल चयन भएका छन् । शुक्रबार सम्पन्न साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली, महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, कोषाध्यक्षमा एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सदस्यमा एलआइसी नेपालका एलपी दास, आइएमई लाइफ इन्स्योरेन्सका कवि फुयाल, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका नारायणबाबु लोहोनी चयन भएका छन् ।

footwear zone

You might also like

Comments are closed.