अमेरिकी प्रिमियम ब्राण्ड जीपको शोरुम पोखरामा

पोखरा । अमेरिकी प्रिमियम ब्राण्ड जीपको शोरुम पोखरामा सञ्चालनमा आएको छ । पोखराको उत्तमचोकमा रहेको अत्याधुनिक सुविधा सम्पन्न शोरुमको बुधबार उद्घाटन गरिएको छ ।

प्रिमियम अटो ग्रुपले पोखरा क्षेत्रमा लागि जीपको बिक्री वितरण सुरु गरेको हो । युवा व्यवसायीहरु दर्शन लामा, सन्तोष बास्तोला र शिवनाथ सिग्देलले ग्रुपका सञ्चालक हुन् ।

शोरुमको उद्घाटन नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले गरेका हुन् । उक्त अवसरमा बोल्दै पौडेलले व्यावसायिक क्षेत्रमा युवाहरु सहभागिता बढ्नु राम्रो पक्ष रहेको बताए । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहन बाबु खड्का लगायतले बोलेका थिए ।

footwear zone

जीपको मूल्य ८७ लाख ९० हजार हजार रुपैयाँदेखि २ करोड ७९ लाख ९० हजार रुपैयाँसम्म पर्छ । अमेरिकन प्रिमियम ब्राण्ड भएकाले जीप पोखरा तथा आसपासका क्षेत्रमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

नेपालका लागि यसको आधिकारिक बिक्रेता एमएडब्जु लाइफ हो ।

You might also like

Comments are closed.