सुजुकीले शुरु गर्यो जिम्नीको डेलिभरी

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक CG Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG Motocorp तथा CG NXTGEN ले अन्तराष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी “द अल्टिमेट अफ रोदर“ को डेलिभरी नेपाल अधिराज्यभरीका शोरुमहरुबाट सुरु गरेको छ। जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक हो।
ट्रु अफ–रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासत को गर्व गर्दछ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत $WD  प्रणाली, ALL GRIP PRO संग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र 3 Link Rigid Axle Suspension जस्ता अफ–रोड सुविधाहरू समावेश गरिएको छ ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ ।

footwear zone

कम्पनीका अनुसार , “ ५–ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिंग पिरेड पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले हामीले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरेका थियौ । जसको नतिजा हामीले भारतमा भन्दा कम वेटिंग पिरेडमा पहिलो ब्याच डेलिभर गरेका छौ । हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्नेछन्। त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्नेछ।”

 

You might also like

Comments are closed.