काठमाडौं । महोत्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा जीतेन्द्र चौधरी विजयी भएका छन् । गएराति सम्पन्न संघको निर्वाचनको मत परिणामअनुसार प्रतिद्वन्द्वी जयनाथ प्रसादलाई ६ मतले हराउँदै चौधरी विजयी भएको निर्वाचन अधिकृत सुरेशलाल कर्णले बताए ।
विजयी चौधरीले १२० मत प्राप्त गरेकोमा प्रतिद्वन्द्वी प्रसादले ११४ मत प्राप्त गरे । दुईसय ४७ मतदाता रहेको सो निर्वाचनमा २४३ मत खसेको थियो । तीन मत बदर भएको उनले जानकारी दिए।
उक्त निर्वाचनमा संघको प्रथम उपाध्यक्षमा पवनकुमार साह, द्वितीय उपाध्यक्षमा अजयकुमार साह, महासचिवमा अमरनाथप्रसाद गुप्ता, कोषाध्यक्षमा रविशङ्करप्रसाद, सचिवमा विजयकुमार साह निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा सञ्जयकुमार पञ्जीयार, जगदीश महतो, नितेशकुमार साह, रामकुमार साह हलुवाइ, सूर्यप्रकाश साह, राकेशकुमार नायक, राजेशकुमार गुप्ता र महिला सदस्यमा शोभादेवी विजयी भएको निर्वाचन अधिकृत कर्णले बताए ।




Comments are closed.