सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गर्ने योजना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् ।

मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सिपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउदै उनले होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालीम कार्यक्रमहरु विस्तार गर्नुपर्नेमा जोड दिए । सबै प्रदेशमा प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने र यसबाट पर्यटनको विकास र विस्तारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

footwear zone

होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालिम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानले गुणस्तरीय प्राविधिक शिक्षा प्रवाह गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। पर्यटन उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न, उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम र अनुसन्धानका कार्यक्रम अघि बढाउन सवै प्रदेशमा प्रतिष्ठानका शाखा कार्यालय विस्तार गर्नुपर्ने उनले बताए ।

गत आर्थिक बर्षमा झापा, महोत्तरी र बाँकेमा प्रतिष्ठानका शाखा कार्यालयहरु स्थापना भएका छन् । सो अवसरमा मन्त्री श्रेष्ठले प्रतिष्ठानको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर र सञ्चालन भइरहेका तालिमका सम्वन्धमा जानकारी लिनुभएको थियो ।

प्रतिष्ठानबाट उत्पादित जनशक्ती मध्ये ९० प्रतिशत बढी रोजगारीमा आवद्ध भएका छन् । प्रतिष्ठानले हालसम्म ५७ हजार ५ सय ७२ जना दक्ष जनशक्ती उत्पादन गरिसकेको छ भने गत आर्थिक बर्षमा मात्र करिव १५ सय जना शैक्षिक कार्यक्रममा सामेल भएका छन् । प्रतिष्ठानले पर्यटन उद्योगका लागि चाहिने जनशक्ती तयार गर्न उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम कार्यक्रम तथा परामर्स सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.