काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा अठोट नेपालको आयोजनामा ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२ काठमाडौंमा सम्पन्न भएको छ ।
देशभरबाट ७ सय फोटोप्राफरबाट छानिएका २ हजार ७ सय फोटोबाट चार वटा फोटोलाई चार विधाका उत्कृष्ट फोटोका रुपमा छनोट गरिएको हो । यसरी छनोट भएका चार मध्ये टासी आर. घलेको से फोक्सुण्डोको फोटो फोटो अफ दि एअर छनोट भएको छ ।
चार उत्कृष्ट मध्ये नेचर विधामा टासी आर. घलेको से फोक्सुण्डोको फोटो प्रथम, कल्चर विधामा राजन मर्हजनको कात्तिके नाच प्रथम, वाइल्ड लाइफ विधामा विनय रावलको चितुवाको फोटो तथा लाइफस्टायल विधामा शुसिलकुमार श्रेष्ठको माटाको भाँडा बनाएको फोटो पुरस्कृत भएका छन् ।

पुरस्कृत फोटो ग्राफरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ तथा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले नगद ५०– ५० हजार तथा सम्मान पत्रले सम्मान गरेका छन् ।
सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपाल नेचर, कल्चर र एडभेन्चर हेरक हिसावले विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउँदै यसको पवर्द्धनका लागि फोटो महत्वपूर्ण माध्यम भएको बताए । उनले नेपाललाई सदाबहार पर्यटकीय गन्तव्यका रुपमा प्रचार प्रसार गर्न सके यसबाट नेपालले ठूलो आर्थिक लाध लिन सक्ने बताए ।
त्यस्तै, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि फोटोको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विजयी फोटोग्राफरलाई बधाई ज्ञापन गरे ।
फोटो छनोटको लागि पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, नविल बैंकका डिजीएम मनोज ज्ञवाली, पत्रकार राजेनद्र बानिया र फोटो पत्रकार भरतबन्धु थापा सम्मिलित निर्णायक समिति गठन गरिएको थियो । यस्तै बोर्डमा उत्कृष्ट फोटोसहित छनोटमा परेका अन्य फोटोहरुको समेत प्रदर्शनी समेत गरिएको थियो ।




Comments are closed.