काठमाडौं । जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका थापा चयन भएकी छन् । क्लवको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, क्लवको निवर्तमान अध्यक्षमा लिना श्रेष्ठ गोशली, उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र सल्लाहकारमा अञ्जना तझ्या चयन भएका छन् ।
पछिल्लो ३ वर्षमा क्लवले पोखरा र लेखनाथ क्षेत्रलाई केन्द्रीत गरेर महिला हिंसा र विभेदविरुद्ध आवाज उठाउने, सचेतना जगाउने, न्यायका लागि एडभोकेसी गर्नेलगायतका कार्य उल्लेख्यरुपमा गरेको क्लवकी पूर्व सचिव तथा वर्तमान उपाध्यक्ष रोजिना रञ्जित बिजुक्छेले बताएकी छिन् ।

क्लवले महिला सशक्तिकरण, महिलामाथि हुने हिंसा र विभेदविरुद्ध सचेतना कार्यक्रम, महिलामा हुने मासिक मिन्सुरेसनविरुद्ध हुने हिंसा, यातनासम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ ।
जोन्टा ईन्टरनेसनलसँग आवद्ध जोन्टा क्लव अफ पोखरा २०१९ मा स्थापना भएको क्लव हो । व्यवसायीक महिलाहरु मात्र सदस्य हुने यस क्लवमा हाल २७ जना सदस्य रहेका छन् ।




Comments are closed.