नयाँ वर्षमा जम्बो इलेक्ट्रिकल स्कुटरमा छुट तथा उपहार योजना

काठमाडौं । नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रा. लि. ले नयाँ वर्ष अफरमा नगद छुट सहित अनौठो उपहार योजना ल्याएको छ । नेपाली अटोमोबाइल क्षेत्रमै सम्भवतह पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात दुई ओटा हेलमेट उपहार योजना सहित स्किम ल्याइएको कम्पनीले जनाएको छ ।

नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरेतापनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ र एम डि के ए ब्राण्डका इलेक्ट्रिक स्कुटरका आयात कर्ता जम्बो इको भेहिकलले नगत छुट रु २५००० सहित अनौठो योजना ल्याएको कम्पनीले जनाएको छ ।

लोकनथली भक्तपुरमा मल्टिब्राण्ड शोरुम अर्थात विभिन्न ब्राण्ड एकै स्थानमा पाइने शोरुम रहेको कंम्पनीले लेबिनीङ, एम्डिकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा इ–साइकल बिक्री वितरण गर्दै आएको छ ।

footwear zone

सेल्स, सर्भीस तथा स्पेयर्स सबैको एकै स्थानमा उचित व्यवस्था भएकाले ग्राहकले बिक्री पश्चात् सर्भिसमा समेत पर्याप्त सुविधा पाउने कम्पनीले जनाएको छ ।

हाल जम्बो इको भेहिकलले ३००० वाटसम्मको मोटर भएका, ७२ भोल्टसम्मका इलेक्ट्रिकल स्कुटर तथा ई.साइकलहरु बिक्री वितरण गदै आएको छ । जसको मूल्य ७० हजारबाट सुरु हुने गरेका छन् ।

You might also like

Comments are closed.