जुरी युनिसेक्सका सञ्चालक जुरी ठाकुरलाई सम्मान

काठमाडौं । हेयर स्टाइल तथा सौन्दर्य व्यवसायमा चर्चित युवा व्यवसायी जुरी ठाकुर सम्मानित भएका छन् । जुरी युनिसेक्स पार्लरका सञ्चालक उनलाई होटल हायातमा आयोजित एक कार्यक्रमबीच चर्चित कलाकार पल शाहले सम्मान गरेका हुन् ।

पल शाहले अभिनय गरेको गीत ‘हेरेर तिमिलाई’ म्युजिक टिमको तर्फबाट जुरीलाई सम्मान गरिएको हो । जुरीले उक्त गीतका लागि हेयर स्टाइल र हेयर ड्रेसिङमा सहकार्य गरेका थिए ।

‘कलाकार पल शाहको हातबाट सम्मान लिन पाउदा निकै खुसी महसुस भएको छ,’ जुरीले भने ।

footwear zone

यो गीतमा पल शाहसँगै कविता रायाले अभिनय गरेकी छन् । शिव परियार र अन्जु पन्तको स्वर छ ।

 

You might also like

Comments are closed.