भृकुटीमण्डप जुत्ता चप्पल मेलामा नेतादेखि सर्वसाधरणसम्मको आकर्षण

काठमाडौंको । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा नेतादेखि सर्वसाधारणसम्मको आकर्षण देखिएको छ । मेलामा पूर्व प्रधानमन्त्रीदेखि पार्टीका नेताहरु पनि समय मिलाएर उपस्थित भएर अवलोकन गर्ने क्रम जारी रहेको आयोजकको भनाइ छ । मेला वैशाख २४ गतेसम्म जारी रहनेछ । मेलामा उपस्थित भएर जुत्ता चप्पल खरिद गर्ने ग्राहकको भिड दिनप्रतिदिन बृद्धि भइरहेको आयोजक सबिन कार्कीले जानकारी दिए ।

मेलाको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, काँग्रेस नेता प्रदिप पौडेल, व्यवसायी दुर्गा प्रसाईं लगायतले अवलोकन गरिसकेका छन् ।

मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।

footwear zone

विशेष छुटसहित सस्तो मूल्यमा जुत्ता चप्पल खरिदको अवसर मिलेसँगै मेलामा जुत्ता चप्पल खरिद गर्नेहरुको आकर्षण देखिएको आयोजकको भनाइ छ । १० देखि ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल बिक्री भइरहेको आयोजक गंगा श्रेष्ठले जानकारी दिए । आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पल खरिदको अवसर मिलेपछि अवलोकनकर्ता तथा खरिदकर्ताहरुको आकर्षण दिनप्रतिदिन बढिरहेको उनले बताए ।

You might also like

Comments are closed.