भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलामा भारी छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा ग्राहकको आकर्षण देखिएको छ । नयाँ वर्ष २०८० सुरु भएसँगै मेलामा ग्राहकको आकर्षण देखिएको आयोजकको भनाइ छ । मेलामा जुत्ता चप्पल खरिदकर्तालाई आकर्षक छुट प्रदान गरिएकाले पनि ग्राहकहरु लाभान्वित भइरहेको आयोजक सबिन कार्कीले जानकारी दिए ।

‘मेलामा दिनप्रतिदिन ग्राहकको आकर्षण देखिएको छ,’ कार्कीले भने । मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।

मेलामा ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल बिक्री भइरहेको छ । ‘आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पल खरिदको अवसर मिलेपछि अवलोकनकर्ता तथा खरिदकर्ताहरुको आकर्षण बढेको छ,’ उनले भने, ‘आगामी दिनमा ग्राहकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं ।’

footwear zone

छुटसँगै वारेन्टीको समेत व्यवस्था गरिएपछि ग्राहकहरु मेलाप्रति आकर्षित भएको आयोजक गंगा श्रेष्ठ बताउँछन् । ‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिलेको छ,’ उनले भने ।

You might also like

Comments are closed.