भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जारी

काठमाडौं । काठमाडौंकोे भृकुटीमण्डपस्थित चौरमा जुत्ता चप्पल मेला जारी छ । मेलामा जुत्ता चप्पलका ११ वटा ब्राण्डलाई बिक्री तथा प्रदर्शनीमा राखिएको छ । एउटै थलोमा हजारौं मोडलका जुत्ता चप्पल प्रदर्शनीमा राखिएको आयोजकको भनाइ छ ।

मेलामा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको आयोजक राजेश विशुंखेले जानकारी दिए ।

ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसारका जुत्ता चप्पल छानेर खरिद गर्न सक्ने उनी बताउँछन् । उनले भने, ‘जुत्ता चप्पल आवश्यक छ भने भृकुटी मण्डप मेलामा जानुपर्छ भन्ने मान्यता नै स्थापित गर्न हामी सफल भएका छौं ।’

footwear zone

मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल मेलामा राखिएका छन् ।

You might also like

Comments are closed.