काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दशैं जुत्ता मेला सुरु भएको छ । प्रतिष्ठित १० वटा कम्पनीहरुको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
नजिकिदै गरेको पर्व दशैंलाई लक्षित गरी भारी छुटको सुविधासहित मेला आयोजना गरिएको आयोजक सबिन कार्कीले जानकारी दिए । मेलामा १० देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल खरिद गर्न सकिने उनले बताए ।
मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै २ हजार मोडलका जुत्ता चप्पल उपलब्ध रहेको अर्का सञ्चालक रुद्र न्यौपानेले जानकारी दिए ।

असोज २ गते सुरु भएको दशैं मेला कात्तिक ४ गतेसम्म चल्नेछ ।
मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वर्ल्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेपको सहभागिता छ ।

पुरुष, महिला र बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा रहेको सञ्चालक सुरज बञ्जाडेले जानकारी दिए । ‘दसैंका लागि आवश्यक जुत्ता चप्पल खरिद गर्नका लागि भृकुटीमण्डपमा आयोजित मेला उपयुक्त गन्तव्य हो,’ उनले भने ।




Comments are closed.