काठमाडौं । विशेष छुटको व्यवस्थासहित काठमाडौंको भृकुटीमण्डपमा आयोजित दसैं जुत्ता मेला जारी छ । महान पर्व दसैंको पूर्वसन्ध्यामा आयोजित मेलामा ग्राहकले ५० प्रशितसम्म छुट प्राप्त गर्न सक्ने आयोजकको भनाइ छ ।
नेपालका प्रतिष्ठित १० कम्पनीहरुको संयुक्त व्यवस्थापनमा आयोजित मेलामा जुत्ता चप्पल खरिद कर्ताहरुको आकर्षण देखिएको आयोजक सबिन कार्कीले जानकारी दिए ।
मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै २ हजार मोडलका जुत्ता चप्पल उपलब्ध छन् । मेला कात्तिक ४ गतेसम्म मात्रै चल्ने भएको दसैंका लागि जुत्ता चप्पल खरिद गरी लाभ लिन आयोजकले ग्राहक गरेका छन् ।

मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वर्ल्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेपको सहभागिता छ ।
महिला, पुरुष, बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा उपलब्ध छन् । ‘एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्नुहुन्छ,’ कार्कीले भने ।

मेलामा सहभागी भएर जुत्ता चप्पल खरिदकर्ताबाट आफूहरुले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको आयोजक गंगा श्रेष्ठले बताए । ‘राम्रा राम्रा क्वालिटीका जुत्ता चप्पल विशेष छुटमा उपलब्ध गराएर ग्राहकलाई खुसी बनाउन सफल छौं,’ उनले भने ।




Comments are closed.