भृकुटीमण्डप सानोचौरमा फागुन १५ देखि ‘जुत्ता चप्पल व्यापार मेला’

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित सानोचौरमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला २०७९’ हुने भएको छ । जुत्ता चप्पलका चर्चित ब्राण्डहरुको सहभागितामा मेला सञ्चालन हुने आयोजक संस्था आर्जन फुटवयरले जनाएको छ ।

मेलामा जुत्ता चप्पल खरिदमा ग्राहकले भारी छट प्राप्त गर्ने बताइएको छ । १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने र वारेन्टीको समेत व्यवस्था गरिएको आयोजक संस्थाका सबिन कार्कीले जानकारी दिए ।

footwear zone

मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहनेछ ।

‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिल्नेछ,’ कार्कीले भने ।

You might also like

Comments are closed.