काठमाडौं । काठमाडौंको भृकुटी मण्डपस्थित सानोचौरमा आयोजित ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी छ । नेपालका चर्चित ब्राण्डहरुको संयुक्त आयोजनामा सञ्चालन भइरहेको मेलामा एक हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु प्रदर्शनी एवं बिक्रीका लागि उपलब्ध रहेको आयोजक जीवन श्रेष्ठले जानकारी दिए ।
मेलामा जुत्ता चप्पल खरिदमा १० देखि ७० प्रतिशतसम्म छुट उपलब्ध रहेको बताइएको छ । ‘मेलामा सस्तो मूल्यमा जुत्ता चप्पल खरिद गर्ने अवसर ग्राहकलाई मिल्छ,’ उनले भने ।
मेलामा हाइलाइफ, बाम्बो, वान वर्ल्ड, शिखर, फुट स्टेप, प्राइड, बोस, हिमानी सुज र भेनस ब्राण्डको सहभागिता छ । ‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिल्नेछ,’ उनले भने ।

मेला माघ महिनाभर जारी रहनेछ ।




Comments are closed.