ज्योति विकास बैंकको नयाँ शाखा बेसीसहरमा सञ्चालन

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा लमजुङको बेसीसहरमा सञ्चालनमा आएको छ ।

बैकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ बैंकले असार १२ गते आइतबारबाट लमजुङको बेसीसहरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बेसीशहर नगरपालिका वडा नं ८ लम्जुगं स्थित बेसीसहर शाखाको उद्घाटन बसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संञ्चलक नरेश राज आचार्यले सयुक्ररुपमा गरेका थिए ।

footwear zone

उद्घाटन मा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायी उपस्थित भएका थिए ।नयाँ शाखाको उदघाटनको अवसरमा बैकले बेसीसहर शाखाका ग्राहकहरुको निमित शुन्य मौज्यामै QR code, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर रजिस्ट्रेशन, निशुल्क डेबिड काड, निःशुल्क मोबाइल बैकिङ सेवा निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दति निक्षेपहरुमा मासिक व्याज झुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।

You might also like

Comments are closed.