कालीगण्डकी आँखा उपचार केन्द्रलाई १० लाख सहयोग

काठमाडौं । कालीगण्डकी आँखा उपचार केन्द्रलाई जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले १० लाख सहयोग गरेका छन् ।

उक्त केन्द्रको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विनोदकुमार पोखरेललाई उनले सो रकम हस्तान्तरण गरेका हुन् । उपचार केन्द्रकोको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण गर्न सो रकम उपलब्ध गराइएको हो ।

तीनतले भवनको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण हुन बाँकी थियो । वि.सं २०७० मा स्थापना भएको उक्त केन्द्रका लागी ओकेबाजेले भवन निर्माण देखि व्यवस्थापन गर्न विभिन्न समयमा सहयोग गर्दै आएका केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिए ।

footwear zone

तीन दशकदेखि उनले पाल्पाको शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठूलो योगदान पुर्‍याउँदै आएका छन् ।

You might also like

Comments are closed.