यामाहाको बिक्रेता कालिका मोटरसाइकल पार्टस् २८औं वर्ष प्रवेश

चितवन । चितवनका लागि यामाहाको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्टस् २८औं वर्ष प्रवेश गरेको छ । कालिका मोटरसाइकल पार्टसले फागुन १० गते बुधबार वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा सम्पूर्ण शुभेच्छुक, शुभचिन्तक, वित्तीय संघ संस्था, ग्राहकवर्ग एवं विभिन्न संघसंगठन संस्थाहरूमा कालिका मोटरसाइकल पार्टसले आभार व्यक्त गरेको छ ।

आगामी दिनहरूमा अझै उच्चस्तरीय, विश्वसनीय, सरल तथा चुस्त ढङ्गले व्यावसायिक क्रियाकलाप अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै निरन्तर सहयोगको समेत कालिका मोटरसाइकल पार्टसले अपेक्षा गरेको छ ।

footwear zone

कालिका मोटरसाइकल पार्टसले प्रत्येक मोटरसाइकल स्कुटरको बिक्रीबाट ५ सय रुपैयाँ यामाहा कोषमा जम्मा गर्दै आइरहेको छ । उक्त कोषमा हालसम्म २५ लाख रुपैयाँ जम्मा भइसहेको सञ्चालक उत्तम अधिकारीले जानकारी दिए । गरिब, टुहुरा तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले कोष स्थापना गरिएको हो ।

You might also like

Comments are closed.