काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको आज जेठ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यसै संस्थाका सञ्चालक रहेका क्षेत्री सर्वसम्वतरुपमा अध्यक्ष पदमा चयन भएका हुन् ।
।
यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्वत चयन गरेको हो ।
महाशिला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोवास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातकका साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका छन् ।

क्षेत्री .२०४६ देखि २०५० सम्म शिक्षण पेशामा, वि.सं.२०५५ देखि २०७४ सम्म जिविसलगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकारका साथै वि.सं.२०५१ देखि हालसम्म वकालत पेशामा आवद्ध रहेका छन् ।




Comments are closed.