कालिका लघुवित्तले विक्रीमा ल्यायो ४ हजार कित्ता संस्थापक सेयर

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको  ४ हजार कित्ता सेयर भदौ ९ गतेदेखि विक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो सेयर विक्रीमा ल्याएको हो ।

लघुवित्तका संस्थापक शेयरधनी सिशिर मिश्रले आफ्नो नाममा रहेको ४ हजार कित्ता सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

footwear zone

इच्छुक सेयर धनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कास्की, पोखरामा लिखित जानकारी गराउन कम्पनीले भनेको छ ।

उक्त सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय पोखरा १० कास्कीमा आवेदन दिन आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयर धनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो सेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ

 

You might also like

Comments are closed.