नवलपुर । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।
बैंकले बुधबारबाट नवलपुर जिल्लाको कावासोती न.पा. वडा नं. १० मा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। कावासोती नं.पा. वडा नं १० मगरकोट निवासी बिपिन अर्याललाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
वडा नं. १० का वडा अध्यक्ष टेकनारायण महतोले उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं. १० का जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।




Comments are closed.