कान्तिपुर डेण्टल हस्पिटलमा साउन महिनाभर महिलालाई छुट्टै छुट

पोखरा । कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ ।

मुख तथा दन्त स्वास्थ्य उपचारका लागि  ३ वटै कान्तिपुर डेण्टल हस्पिटलका शाखामा आउने सम्पूर्ण महिलाहरुको लागि टिकट दर्ता, डाइग्नोसिस र विशेषज्ञ परामर्श सेवा निशुल्क गरिने घोषणा गरेको जनाएको छ ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले साउन महिना महिलाहरुले मान्ने विशेष पर्व महिना भएकाले महिलाहरुको लागि निःशुल्क उपचार कार्यक्रम ल्याइएको बताए।

footwear zone

कान्तिपुर डेण्टल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै महिलाहरुको हितमा यो कार्यक्रम ल्याइएको दाबी गरेको छ । टिकटदेखि परामर्श सेवा समेत निःशुल्क लिएर मुख तथा दन्त स्वास्थ्य सम्बन्धी लाभ लिन हस्पिटलले आग्रह गरेको छ ।

 

 

You might also like

Comments are closed.