काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्बिरोध निर्वाचित भएका छन् । चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन भएसंगै निर्बिरोध हुने पक्का भएको थियो । चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुने भएका छन् ।
अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी, सि जी । होल्दिन्ग्सका कार्यकारी निर्देशक हुन् । सि जी होल्डिङ्सअन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी स्वयम्ले नेतृत्व गरेको कम्पनी हो भने गल्फ लुब्रिकेन्टका वितरक तथा उत्पादक कम्पनी नेपाल ल्युब आयल लि. का कार्यकारी निर्देशक पनि हुन् ।
कार्यक्रममा बोल्दै चौधरीले भने,“ सम्पूर्ण अटो सेक्टर अहिले निराशाजनक अवस्थामा छ, हामी सबै मिलेर कसरी यसलाई माथि ल्याउने? त्यो पहिलो प्राथमिकता हुनेछ । नेपाल भारी रहेका सम्पूर्ण कर्मठ अटो र अटोसम्बन्धि व्यावासाहीको आवाजलाई अझै सशक्त बनाउदै सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने छौं । सानो भन्दा सानो बिषयलाई ठुलो रुपमा अगाडी बढाउने छु। “

कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेद्वारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका थिए । नाडाको विधान अनुसार सदस्यबाटै पदाधिकारी चयन हुनेछन् । सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका थिए ।
त्यसैगरि संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध बनेका थिए ।




Comments are closed.