काठमाडौं । काठमाडौं उपत्यकामा लागु गरिएको निशेधाज्ञा आजबाट लागु हुने गरी थप खुकुलो बनाइएको छ । यातायात सञ्चालन गर्दा लागु गरिएको जोर बिजोर प्रणाली पनि आज मंगलबारबाट हटेको छ ।
स्वास्थ्य मापदण्ड पालना गरी सिट क्षमता अनुसार नै आजबाट निजी तथा सार्वजनिक गाडीहरु सञ्चालन गर्न सकिनेछ ।
यद्यपि, निशेधाज्ञा खुकुलो बनाइए पनि केही व्यवसायमा अझै रोक लगाइएको छ । वैशाख १६ देखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाँचघर, क्लब, स्विमिङ पुल सञ्चालनमा अझै रोक लगाइएको छ ।

सबै प्रकारका सभा तथा सम्मेलन, मनोरञ्जन स्थल, सैलून, व्युटि पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद गतिविधिलाई निशेध गरिएको छ ।





Comments are closed.