विभिन्न शहरमा काठमाडौं वर्ल्ड स्कुलले गर्यो छलफल तथा अन्तक्रिया

काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलले विद्यालयका वारेमा उपत्यका बाहिरबाट आउने चासोका विषयमा विभिन्न स्थानमा छलफल तथा अन्तक्रिया गरेको छ । हेटौंडा, विरगञ्ज र जनकपुरमा शिक्षाविद, अभिभावक र पत्रकारसँग विद्यालयका शैक्षिक अवस्था तथा वातावरण लगायत विभिन्न विषयमा अन्तक्रिया गरिएको विद्यालयले जनाएको छ ।

अन्तक्रियामा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट हेटौंडाका संस्थापक प्रिन्सिपल तथा शिक्षाविद पुरन बहादुर जोशी, प्रदेश सांसद तथा समाजसेवी रामआशिष यादव लगायत सहभागी रहेको व्यवस्थापन समितिका अध्यक्ष ई.डा. मिथिलेस कुमार झाले जानकारी दिए । अध्यक्ष झा र प्रिन्सिपल केशर खुलालले विद्यालयको बारेमा जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रमको अवसरमा काठमाडौं वर्ल्ड स्कुलले हेटौंडाको तासिर विद्यालयले आवश्यक सहयोग गरेको थियो ।
विद्यालयले बिगतका वर्षहरुमा पनि देशका विभिन्न शहरमा यसप्रकारको कार्यक्रम गर्दै आएको थियो ।

footwear zone

 

You might also like

Comments are closed.