केक्यानद्वारा राहत वितरण

काठमाडौं । कोरियालाई शैक्षिक गन्तव्य बनाई काम गरिरहेका परामर्षदाताहरुको छाता सघंठन ‘कोरिया शैक्षिक परामर्श सघं नेपाल’ले काठमाडौं बानियाँटारमा दुख र समस्यामा परेका परिवारलाई राहत वितरण गरेको छ । ‘तपाईंको समस्या केक्यानको साथ’ नारा सहित केक्यानले विभिन्न ठाउँमा राहत वितरण कार्यक्रम गर्ने योजना बनाएको छ।

केक्यानको अध्यक्ष गणेश शर्माको नेतृत्वमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम केक्यानका प्रथम उपाध्यक्ष विष्णु खड्‍का, द्वितीय उपाध्यक्ष रमेश अधिकारी, सचिव विश्वनाथ ढकाल,कोषाध्यक्ष विजितध्वज चन्द, सदस्य बद्री प्रसाद ढकाल बरिष्ठ सल्लाहकार कविन्द्र वुर्लाकोटी, समाजसेवी तथा अन्य् विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए ।

उक्त कार्यक्रममा उपस्थित समाजसेवी तथा अन्य विशिष्ट व्यक्तित्वहरुले केक्यानको यो कार्यको प्रशंसा गरेका थिए। चामल, दाल, नुन, मस्यौरा, तेल लगायतका खाद्यान्य सामग्री बितरण गरिएको थियो।

footwear zone

You might also like

Comments are closed.