नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महरा

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी शुष्मा महरा निर्विरोध निर्वाचित भएकी छन् ।

मनोनयन दर्तामा सचिवमा उनको मात्रै उम्मेदवारी परेसँगै महरा निर्विरोध निर्वाचित भएकी हुन् । महरासँगै सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको साधारणमा असोज ५ गते हुँदैछ ।

फेसियल हाउसका सञ्चालक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरिसकेकी छन् ।

footwear zone

यसैबीच, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भए । निर्वाचन कार्यक्रम अन्तर्गत मंगल भएको मनोनयनमा अध्यक्षमा उनको मात्रै उम्मेदवारी दर्ता भएको हो । श्रेष्ठको मात्रै उम्मेदवारी दर्ता भएसँगै अब उनले संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि नेतृत्व प्रदान गर्नेछन् ।

उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ, सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका भएका हुन् ।

You might also like

Comments are closed.