काठमाडौं । कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) ले कीर्तिपुरको माया घरमा न्यायो कपडा वितरण गरेको छ ।
संस्थाले आइतबार एक कार्यक्रमबीच न्यानो कपडा वितरण गरेको हो । के क्यानका अध्यक्ष गणेश शर्मा लगायत केक्यान पदाधिकारी तथा सदस्यहरुले माया घरमा आश्रित बालबालिकालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
माया घरमा २५ जना बालबालिका आश्रित छन् । दसैंको अवसरमा सहयोग गरिएको अध्यक्ष शर्माले जानकारी दिए । ‘माया घरमा आश्रित बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ अध्यक्ष शर्माले भने ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थालाई सहयोग गरिएको वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीले बताए ।




Comments are closed.