सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रुपमा खल्ती सम्मानित

काठमाडौं । एनसीएचएल (राष्ट्रिय क्लियरिङ हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरिएको छ।

तत्काल सुरक्षित, र भरपर्दो अनलाइन भुक्तानी सेवाहरु प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित खल्ती नेपालको डिजिटल भुक्तानी परिदृश्यमा अग्रणी संस्थाको रूपमा देखा परेको छ । मोबाइल रिचार्ज, बिल भुक्तान, र टिकट बुकिंग सहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ, खल्ती देशमा वित्तीय समावेशीकरणलाई बढावा दिन अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

युवा पुस्तामा लोकप्रिय खल्ती डिजिटल वालेटले पछिल्लो समय Movie/ Event  टिकेटिङ , क्यापिटल मार्केट को भुक्तानी , विभिन्न सरकारी सेवाहरुको भुक्तानी मा समेत काम गर्दै आएको छ ।

footwear zone

खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका साथ सुरू गरिएको खल्ती डिजिटल वालेटले अझै नबिनतम सेवा तथा सुबिधाहरु ल्याई निर्बाध डिजिटल भुक्तानीका समाधानहरू प्रदान गर्ने प्रतिबद्ता ब्यक्त गरे ।

You might also like

Comments are closed.