काठमाडौं । क्यूएफएक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत अब क्यूएफएक्सका ग्राहकहरुले क्यूएफएक्सको एप/वेबका साथै खल्तीमार्फत् क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सक्नेछन् ।
यो खल्तीका ग्राहकहरुका लागि पनि उपलब्ध हुनेछ ।र, यो सुविधा विशेष गरी खल्तीको एपमा मात्र उपलब्ध रहेको छ । यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद क्यूएफएक्सकै वेबसाईट लगईन गरि वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले सिधै खल्ती एपमार्फत मुभी टिकट खरीद गर्न सक्नेछन् ।
साथै क्यूएफएक्सको एप/वेबबाट पनि टिकट खरिद गरि खल्तीबाट पनि भुक्तानी गर्न सकिनेछ । भाद्र १ गतेदेखि लागु भएको यो सुविधासँगै क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले यसरी टिकट खरिद गरेर क्यूएफएक्सको लोयल्टी पोइन्ट् र खल्ती पोइन्टस् पनि प्राप्त गर्नेछन् ।

यस सहकार्य पछि खल्तीले आगामी ३ वर्षका लागि क्यूएफएक्स सिनेमाको preferred payment partner हुनुका साथै क्युआर प्लेसमेन्ट र अन्य अनस्क्रिन र अफ्स्क्रिन ब्राण्डिङ र विज्ञापनसँग सम्बन्धित विभिन्न साझेदारी गर्नेछ ।
खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केहि ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ । साथै खल्तीमा आफ्नो बैंक लिंक गरि प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन् ।
‘खल्तीलाई हामी हरेक नेपालीको जीवनशैलीको रूपमा स्थापना गर्ने उदेश्यका साथ अघि बढिरहेका छौं । मनोरञ्जन क्षेत्रमा पनि क्यूएफएक्स जस्तो प्रचलित सिनेमा हलसंग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं,’ सेवा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती र क्यूएफएक्सबिचको यस साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ ।’
त्यसैगरी क्यूएफएक्सका महाप्रबन्धक प्रशंसा पाण्डेले भनिन्, ‘क्यूएफएक्सले सधैँ ग्राहकहरुको सिनेमा हेर्ने अनुभवलाई प्राथमिकता दिँदै आएको छ, हामी आशा गर्छौँ कि खल्तीसँगको यस सहकार्यले हाम्रा सिनेमा प्रेमी ग्राहकहरुलाई थप सुविधा दिनेछ ।’
क्यूएफएक्स सिनेमा टिम क्वेष्ट प्रा.लि द्वारा सञ्चालित ब्राण्ड हो, जसअन्तर्गत हाल नेपाल भरी ११ स्थानहरुमा (Civil Mall, Labim Mall, Chhaya Center, Bhatbhateni Bhaktapur, Durbar Cinemas, Bhatbhateni Biratnagar, Jalma Narayangadh, Bageshwori Nepalgunj, One Stop Mall Birtamode, Bhatbhateni Butwal, Apex Mall Damauli) फ्रेन्चाइज मोडलमा सञ्चालित भएका छन् र छिट्टै Skyline Mall Birgunj मा सञ्चालनमा आउनेछ । उच्च स्तरिय प्राविधिक र भौतिक संरचनासहित विश्वस्तरिय सिनेमा हलको अनुभव दिने क्यूएफएक्स सिनेमामा विस्तारित Food and Beverage menu / premium seats को पनि अनुभव गर्न सकिन्छ ।

मुभीज् सम्बन्धी जानकारीका लागि QFX Cinemas App डाउनलोड गर्न सकिन्छ । नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको छ । करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु र ५० हजार एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरु बनाएको छ ।
खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिई आएको छ ।




Comments are closed.