लेखनाथ । लेखनाथको खास्टेताल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको छ । ‘महोत्सवमा जाऔँ प्रकृति र संस्कृतिमा रमाऔं’ नाराका साथ पोखरा २६ लेखनाथमा महोत्सव आयोजना गरिएको हो । यही चैत १२ देखि २२ गतेसम्म हुने प्रथम खास्टे ताल महोत्सवको तयारीलाई तिब्र बनाइएको आयोजकको भनाइ छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा हुन लागेको महोत्सवको तयारीमा स्थानीयहरु सक्रियताका साथ जुटेको महोत्सवका सहसंयोजक शिवहरि ढुंगानाले जानकारी दिए ।
खास्टे तथा न्युरेनी ताल संरक्षण समितिको अग्रसरता र राष्ट्रिय संगीतकर्मी संघ कास्कीको सहकार्यमा हुन लागेको महोत्सवलाई सफल पार्न विभिन्न ३२ वटा उपसमिति गठन गरिएको छ । सबै उपसमितिले आफ्नो जिम्माको काम सक्रियाता साथ गरिरहेको बताइएको छ ।

महोत्सव स्थलमा स्टल निर्माणदेखि प्रचारप्रसार र अन्य सामाजिक संघसंस्थाहरुसँग समन्वय गर्ने काम भइरहेको सचिवाल व्यवस्थापन उप समितिका संयोजक विष्णुहरि ढुंगानाले जानकारी दिए ।
तालको संरक्षण गर्दै आय आर्जनका लागि माछापालन समेत गरिदै आएको खास्टे तथा न्यूरेनीतालको प्रचारप्रसारमा सहयोग पुग्ने गरि महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । महोत्सवमा नेपालका चर्चित गायक, गायिकाको प्रस्तुति रहनेछ । महोत्सवमा माछा तथा कृषि प्रदर्शनी लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु समोवश गरिएको ताल संरक्षण समितिका अध्यक्ष तथा महोत्सवका मूल संयोजक हरिप्रसाद अधिकारीको बताए ।




Comments are closed.