‘बजेट इतिहासकै सर्वोत्कृष्ट आएको छ, कार्यान्वयन पाटो बलियो हुनुपर्छ’

किरण आचार्य

सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गरेको छ । सरकारले वर्षेनी ल्याएको बजेटलाई नजिकबाट विश्लेषण गर्दा यसपटक सर्वोत्कृष्ट बजेट आएको महसुस गरेको छु ।

अबको एक वर्षमा सरकारी गाडी खरिद नगर्ने, सरकारी भवनहरु नबनाउने घोषणा हुन बजेटको सबैभन्दा सुन्दर पक्ष हो । उद्योगी व्यवसायीलाई सहुलित प्रदान गर्नु, कृषिमा उत्पादनसँगै अनुदानको व्यवस्था हुनुलाई पनि राम्रो मान्न सकिन्छ । स्टार्टअप कोषमा एक अर्ब रकम बिनियोजन भएको छ । सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखिएको छ ।

अनावश्यक खर्चलाई कटौती गर्नु पनि बजेटमो सकारात्मक पक्ष हो । जनताले गाँजा खेतीको लागि माग गरेका थिए । बजेटमा नै गाँजा खेतीलाई सम्बोधन गरिएको छ । गाँजा खेतीलाई नियम कानुन बनाएर व्यावसायिक रुपमा गर्न सक्नुपर्छ ।

footwear zone

समग्रमा भन्नुपर्दा इतिहासकै सर्वोत्कृष्ट बजेट आएको छ । बजेट राम्रो हुँदा हुँदै पनि कार्यान्वयन पाटो फितलो भयो भने त्यसको कुनै अर्थ हुँदैन । संसारभर आर्थिक मन्दीको मार परिरहेको अवस्थामा नेपालको अर्थतन्त्र पनि धरासायी बन्दै गइरहेको छ । यस्तो विषम परिस्थितिमा सकारात्मक आशा जगाउने गरी जुन बजेट आएको छ यसलाई अब दुरगामी सकारात्मक प्रभाव पर्ने गरी कार्यान्वयन गर्न राज्य संयत्र लाग्न जरुरी छ । (युवा उद्यमी आचार्य टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

You might also like

Comments are closed.